ब्रुनाईका राजकुमार अजिमको निधन  

रासस, सिन्ह्वा

बन्दर सेरी बेगावान — ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार निधन भएको छ । उनी ३८ वर्षका थिए । 

ब्रुनाईका राजकुमार अजिमको निधन  

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी हसनल बोल्किआका दोस्रो पुत्र हुन् ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक नभए पनि उनी लामो समयदेखि बिरामी रहेको बताइएको छ । राजकुमार अजिमले इन्टरनेसनल स्कुल ब्रुनाई र्‍याफल्स इन्स्टिच्युसन तथा अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका थिए ।

प्रकाशित : कार्तिक ८, २०७७ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?