२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

घानामा चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

एजेन्सी

आक्रा — अफ्रिकी मुलुक घानामा एउटा चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

घानामा चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार घानाको पूर्वी क्षेत्र अकेयम बाताबीमा रहेको निर्माणाधीन चर्चको तीनतले भवन भत्किँदा ११ जना महिला १० पुरुष र एक जना बालकको मृत्यु भएको हो ।

अहिले प्रहरी, सैनिकसहितको उद्धार टोलीले भवनभित्र फसिरहेका मानिसको उद्धार गरिरहेको छ ।

भवनमा कति मानिस थिए भन्ने यकिन विवरण नभए पनि स्थानीय सञ्चारमाध्यमहरुले घटना घटेका बेला ६० भन्दा बढी मानिस भवनभित्र रहेको बताएका छन् । उक्त भवन सन् १९९४ बाट बनाउन सुरु गरिएको बताइएको छ ।

प्रकाशित : कार्तिक ८, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?