१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हृदयघात भएपछि कपिल देव अस्पताल भर्ना

स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालको भनाइ
एजेन्सी

नयाँदिल्ली — भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवलाई हृदयघात भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको छ । ६१ वर्षीय कपिल देवको अहिले नयाँदिल्लीस्थित फोर्टिस एस्कर्ट्स अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको आकस्मिक एन्जिओप्लास्टी गरिएको छ ।

हृदयघात भएपछि कपिल देव अस्पताल भर्ना

‘कपिल देवलाई हृदयघात भएको थियो । राति नै उहाँको इमर्जेन्सी कोरोनरी एन्जिओप्लास्टी गरिएको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अहिले उनको आईसीयूमा राखेर उपचार गरिएको छ । 'उहाँको अवस्था स्थिर छ र केही दिनमा उहा डिस्चार्ज हुने अपेक्षा गरिएको छ,' अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कपिल देवले सन् १९८३ मा भारतलाई विश्वकपको उपाधि दिलाएका थिए । उनले टेस्ट क्रिकेटमा ४ सयभन्दा बढी विकेट लिने र ५ हजारभन्दा बढी रन बनाएका छन् ।

भारतका लागि १३१ टेस्ट म्याच खेलेका कपिल देवले ४३४ विकेट लिएका छन् । त्यस्तै उनले टेस्ट म्याचमा ५ हजार २ सय ४८ रन बनाएका छन् । उनले २२५ एकदिवसीय खेलमा २५३ विकेट लिएका छन् भने ३ हजार ७ सय ८३ रन बनाएका छन् ।

कपिल देवले भारीय क्रिकेट टोलीमा प्रशिक्षकको भूमिका निभाउनुका साथै लामो समय कमेन्ट्री पनि गरेका छन् ।

प्रकाशित : कार्तिक ७, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?