अफगानिस्तानमा पाकिस्तानी भिसा लिने लाइनमा भागदौड, कम्तीमा १५ को मृत्यु

रोयटर्स

जलालाबाद — भिसाका लागि आवेदन दिन जम्मा भएको भीडमा भागदौड मच्चिँदा अफगानिस्तानमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  मंगलबार जलालाबाद सहरमा  रहेको पाकिस्तानी कन्सुलेट कार्यलय अगाडि जम्मा भएको भीडमा एक्कासि भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको हो ।

अफगानिस्तानमा पाकिस्तानी भिसा लिने लाइनमा भागदौड, कम्तीमा १५ को मृत्यु

भिसा आवेदनका लागि पाकिस्तानी कन्सुलेट कार्यालय अगाडि झन्डै ३ हजार जना भेला भएका थिए । भिसा आवेदनका लागि टोकन लिने क्रममा एक्कासि भागदौड मच्चिएको हो ।

प्रान्तीय काउन्सिलका सदस्य सोहराब कादरीका अनुसार भीडले कुल्चिएर मृत्यु हुनेमध्ये ११ जना महिला रहेका छन् । मृतकमध्ये केही ज्येष्ठ नागरिक रहेको पनि उनले जानकारी दिएका छन् । टोकन लिनका लागि तँछाडमछाड गर्दा एक्कासि भागदौड मच्चिएको पनि अफगान अधिकारीहरुले बताएका छन् ।

औषधोपचार, शिक्षा र रोजगारीका लागि अफगानिस्तानबाट बर्सेनि हजारौंको संख्यामा पाकिस्तान जाने गर्छन् । पाकिस्तान र अफगानिस्ताबीच करिब २ हजार ६ सय किलोमिटर सीमा जोडिएको छ ।

धार्मिक उत्पीडन, द्वन्द्व र चरम आर्थिक संकटका कारण मुलुक छोडेका करिब ३० लाख अफगानीलाई पाकिस्तानले शरण दिएको छ । म‌ंगलबारको घटनाका बारेमा काबुलस्थित पाकिस्तानी राजदूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित : कार्तिक ५, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?