अफगानिस्तानमा पाकिस्तानी भिसा लिने लाइनमा भागदौड, कम्तीमा १५ को मृत्यु- विश्व - कान्तिपुर समाचार

अफगानिस्तानमा पाकिस्तानी भिसा लिने लाइनमा भागदौड, कम्तीमा १५ को मृत्यु

रोयटर्स

जलालाबाद — भिसाका लागि आवेदन दिन जम्मा भएको भीडमा भागदौड मच्चिँदा अफगानिस्तानमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  मंगलबार जलालाबाद सहरमा  रहेको पाकिस्तानी कन्सुलेट कार्यलय अगाडि जम्मा भएको भीडमा एक्कासि भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको हो ।

भिसा आवेदनका लागि पाकिस्तानी कन्सुलेट कार्यालय अगाडि झन्डै ३ हजार जना भेला भएका थिए । भिसा आवेदनका लागि टोकन लिने क्रममा एक्कासि भागदौड मच्चिएको हो ।

प्रान्तीय काउन्सिलका सदस्य सोहराब कादरीका अनुसार भीडले कुल्चिएर मृत्यु हुनेमध्ये ११ जना महिला रहेका छन् । मृतकमध्ये केही ज्येष्ठ नागरिक रहेको पनि उनले जानकारी दिएका छन् । टोकन लिनका लागि तँछाडमछाड गर्दा एक्कासि भागदौड मच्चिएको पनि अफगान अधिकारीहरुले बताएका छन् ।

औषधोपचार, शिक्षा र रोजगारीका लागि अफगानिस्तानबाट बर्सेनि हजारौंको संख्यामा पाकिस्तान जाने गर्छन् । पाकिस्तान र अफगानिस्ताबीच करिब २ हजार ६ सय किलोमिटर सीमा जोडिएको छ ।

धार्मिक उत्पीडन, द्वन्द्व र चरम आर्थिक संकटका कारण मुलुक छोडेका करिब ३० लाख अफगानीलाई पाकिस्तानले शरण दिएको छ । म‌ंगलबारको घटनाका बारेमा काबुलस्थित पाकिस्तानी राजदूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित : कार्तिक ५, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिद्वारा २ महिनाको तलब र चाडपर्व खर्च कोरोना उपचार कोषमा जम्मा

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्र।ण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक  दिएकी छिन् । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चबापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत बुधबार जानकारी दिएका छन् ।

राष्ट्रपतिले पारिश्रमिकस्वरुप मासिक एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पाउँछिन् ।


प्रकाशित : कार्तिक ५, २०७७ १३:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×