२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

तेस्रो त्रैमासिकमा ४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

एजेन्सी

बेइजिङ — कोरोना महामारीले थलिएको चिनियाँ अर्थतन्त्रमा सुधार देखिएको छ ।  चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सोमबार प्रकाशित गरेको तथ्यांकअनुसार यस आर्थिक वर्षको तेस्रो त्रैमासिक(जुलाई–सेप्टेम्बर) मा चीनको अर्थतन्त्र ४.९ प्रतिशतले वृद्धि भएको छ । 

तेस्रो त्रैमासिकमा ४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

यस वर्षको पहिलो दोस्रो त्रैमासिकभन्दा तेस्रो त्रैमासिकमा चीनको अर्थतन्त्रमा थोरै सुधार देखिएको छ । दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले चिनियाँ अर्थत्रन्त्र वृद्धि भएको थियो । चिनियाँ अर्थशास्त्रीले अपेक्षा गरेअनुरुपको आर्थिक वृद्धि भने नभएको बताइएको छ । चिनियाँ अर्थशास्त्रीले तेस्रो त्रैमासिकमा ५.२ प्रतिशतले चीनको जीडीपी वृद्धि हुने अनुमान गरेका थिए ।

सेप्टेम्बर महिनामा चीनमा खुद्रा बिक्री पनि ३.३ प्रतिशतले वृद्धि भएको ब्युरोले जनाएको छ । तेस्रो त्रैमासिकमा औद्योगिक उत्पादन पनि ५.८ प्रतिशतले बढेको छ । दोस्रो त्रैमासिकमा चीनमा औद्योगिक उत्पादन ४.४ प्रतिशतले बढेको थियो ।

पछिल्लो त्रैमासिकमा चीनको सेवा क्षेत्रमा पनि सुधार देखिएको छ । चीनको सेवा क्षेत्रमा पछिल्लो त्रैमासिकमा ४.३ प्रतिशतले वृद्धि भएको छ । अप्रिल–जुनमा चीनको सेवा क्षेत्र १.९ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।

कोरोना महामारीका कारण यस वर्षको सुरुवातमा चीनमा गरिएको लकडाउनले सेवा क्षेत्र नराम्रोसँग प्रभावित भएको थियो । कोरोना रोकथाम र नियन्त्रणमा धेरै हदसम्म सफलता हात पारेसँगै चिनियाँ जनजीवन सामान्यतर्फ गइरहेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले यस वर्ष चीनको अर्थतन्त्र १.९ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?