कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तिब्बत पनि ‘अति गरिबी’ बाट मुक्त

लक्ष्मी लम्साल

बेइजिङ — चीनको तिब्बत स्वशासित क्षेत्र अब अति गरिबीबाट मुक्त भएको छ । तिब्बतमा कूल ७४ वटा अति गरिबीग्रस्त जिल्लाहरू रहेकोमा अब ती स्तरोन्नति भएका बिहीबार त्यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

तिब्बत पनि ‘अति गरिबी’ बाट मुक्त

चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत शाखाका महासचिव ऊ यिङ्च्येले पत्रकार सम्मेलनमा भने, ‘सन् २०१९ को अन्तसम्म तिब्बतका ७४ वटा अति गरिब जिल्लाका ६ लाख २८ हजार जनसंख्या सबै गरिबीबाट मुक्त भएका छन् ।’

अति गरिबीबाट उन्मुक्ति पाएका तिब्बतीहरूको कूल आम्दानी सन् २०१५ को १ हजार ४९९ युआन (चिनियाँ मुद्रा) बाट सन् २०१९ मा आइपुग्दा ९ हजार ३२८ युआन पुगेको छ ।

समृद्धितर्फ अघि बढ्नुपर्छ भन्ने तिब्बतीमा विकसित भएको मानसिकता र सरकारको निरन्तरको प्रयासबाट अन्ततः अति गरिबीको दुश्चक्रबाट तिब्बतका पुरै क्षेत्रहरूलाई मुक्त गर्न सकिएको महासचिव ऊले बताए । उनले थपे, ‘गरिबी निवारण कार्यक्रमप्रति सर्वसाधारणको विचार फेरिएको छ । तिब्बतमा रहेका विभिन्न जातिका किसान तथा पशुपालकहरूको जीवन जिउने तरिका पनि बदलिएको छ।’

तिब्बतमा गरिबी निवारणको विशेषतायुक्त उद्योगको विकास भएपछि ६ लाख भन्दा बढी सर्वसाधारणको जीवन समृद्धितर्फ अघि बढेको छ । चीनले सन् २०२० भरिमा सारा चीनबाट गरिबी उन्मूलन गर्ने घोषणा गरिसकेको छ ।

यो पनि पढ्नुहोस्ः

चीनमा ५ वर्षमा ५ करोड मानिस गरिबी मुक्त

प्रकाशित : आश्विन २९, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?