कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

थप १२ जनामा कोरोना देखिएपछि चीनले चिङ्दाओ सहरका सबैको परीक्षण गर्ने

आगामी ५ दिनमा सहरका करिब ९० लाख नागरिकको कोरोना परीक्षण गरिने
एजेन्सी

बेइजिङ — चीनको चिङ्दाओ सहरमा बस्ने सबैजनाको कोरोना परीक्षण गरिने भएको छ । आइतबार १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त सहरमा रहेका करिब ९० लाख नागरिकको कोरोना परीक्षण हुने भएको हो ।

थप १२ जनामा कोरोना देखिएपछि चीनले चिङ्दाओ सहरका सबैको परीक्षण गर्ने

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार आगामी ५ दिनमा सहरका सबै बासिन्दाको कोरोना परीक्षण गरिने भएको छ ।

राजधानी बेइजिङबाट ७ सय किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय सहर चिङदाओको चिङ्दाओ चेस्ट हस्पिटलमा १२ जनालाई कोरोना पुष्टि भएपछि पूरै सहरमा परीक्षण गर्न लागिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । चीनमा कोरोना परीक्षण निकै द्रुत गतिमा हुने गरेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार आइतबार केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य संस्थाका कर्मचारी र नयाँ भर्ना भएका बिरामी गरी एक लाख ४० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ ।

यसअघि चीनले गत मे महिनामा कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको राजधानी वुहान सहरका करिब १ करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो ।

चीनमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा नियन्त्रण भइसकेको छ । पछिल्लो समय फाट्टफुट्ट रुपमा मात्रै चीनमा कोरोना पुष्टि हुने गरेको छ । त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोग(एनएचसी) का अनुसार आइतबार चीनमा २१ जनामा कोरोना पुष्टि भएको थियो । यसमा चिङ्दाओका संक्रमित समावेश छन् वा छैनन् भन्ने कुरा चाहिँ खुलाइएको छैन ।

पछिल्लो समय चीनमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार सोमबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार ८ सय १२ रहेको छ । त्यस्तै चीनमा कोरोनाबाट ४ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । चीनमा कोरोना पुष्टि भएकामध्ये ८५ हजार ६ सय ६९ संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : आश्विन २६, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?