कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

थाइल्यान्डमा रेल र बस जुध्दा १८ को मृत्यु

(एजेन्सी)

बैंकक — थाइल्यान्डको पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक बस रेलसँग जुध्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

थाइल्यान्डमा रेल र बस जुध्दा १८ को मृत्यु

थाई प्रहरीका अनुसार बसमा रहेका यात्रुहरू बौद्ध मन्दिरतर्फ गइरहेका थिए । घटनास्थलबाट सार्वजनिक तस्बिरहरूमा दुर्घटनापछि बस उत्तानो परेको तथा यात्रुहरूका समान वरिपरि छरिएका देखिन्छ । अधिकारीहरूका अनुसार बसमा ६० जना यात्रु थिए । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । निकै व्यस्त सडक र सुरक्षा मापदण्डको कमीका कारण थाइल्यान्डमा सडक दुर्घटना निकै हुने गरेका छन् ।

सन् २०१८ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदनअनुसार थाइल्यान्ड विश्वमै सबैभन्दा बढी सडक दुर्घटना हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।

प्रकाशित : आश्विन २५, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?