२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘अफगानिस्तानबाट अमेरिकी सेना क्रिसमसअघि फर्कन्छन्’

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना क्रिसमसअघि नै स्वदेश फर्काइने बताएका छन् । ‘अफगानिस्तानमा कार्यरत अमेरिकी बहादुर सेनाहरू अब सानो संख्यामा त्यहाँ रहेका र तिनीहरूलाई पनि आगामी क्रिसमस पहिले फिर्ता गरिनुपर्छ,’ सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले लेखेका छन् ।

‘अफगानिस्तानबाट अमेरिकी सेना क्रिसमसअघि फर्कन्छन्’

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेनले एक दिनअघि अफगानिस्तानमा करिब ५ हजार मात्र अमेरिकी सेना रहेका र सन् २०२१ को सुरुसम्ममा यो संख्या २ हजार ५ सयमा झार्ने योजना सरकारको रहेको बताएका थिए ।

अफगानिस्तानमा सन् २००१ मा अमेरिकी सेना प्रवेश गरेयता भएका विभिन्न भिडन्त तथा विद्रोहीको आक्रमणका क्रममा एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ । मारिनेमा विद्रोही समूहका सदस्य, उनीहरूका परिवार, अफगान सुरक्षा फौज, अमेरिकी सेना र सर्वसाधारण छन् ।

अमेरिकी सेना फिर्ता गर्ने विषयमा तालिवान, अमेरिकी सरकार र अफगान सरकारबीच सहमति बनिसकेको छ ।

प्रकाशित : आश्विन २३, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?