यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई

कान्तिपुर संवाददाता

काठमाडौं — सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ । सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । 

यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई

यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइएको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा ११ लाख १८ हजार अमेरिकी डलर दिइनेछ । हार्भी र राइस अमेरिकी नागरिक हुन् भने हटन बेलायती नागरिक हुन् ।

तस्बिर : रोयटर्स

यी विजेताहरुले ‘हेपाटाइटिस सी’लाग्नुको कारण तथा उपचार विधि पत्ता लगाउँदै लाखौं मानिसहरुको जीवन जोगाएको स्विडिस एकेडेमीले बताएको छ ।

तस्बिर : द नोबेल प्राइज

सन् २०१९ मा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार बेलायतका सर पिटर ऱ्याक्लिफ तथा अमेरिकाका विलियम कायलिन र ग्रेग सिमेन्जालाई दिइएको थियो । उनीहरुलाई कोषहरुले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अंगीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका कारण नोबेल पुरस्कार दिइएको थियो ।

चिकित्सा विज्ञानतर्फ पहिलो नोबेल पुरस्कार सन् १९०१ मा इमिल भोन बेहरिङले पाएका थिए । ‘सिरम थेरापी’ विकास गरेका कारण उनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिइएको थियो । त्यस्तै चिकित्सा विज्ञानका लागि कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति फ्रेडरिक ब्यान्टिङ हुन् ।

उनले सन् १९२३ मा जोन जेम्स रिकार्ड म्याकलिओडसँगै चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार पाएका थिए । नोबेल पुरस्कार पाउँदा उनी ३२ वर्षका थिए । उनले इन्सुलिनको आविष्कार गरेका थिए ।

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ६, रसायनशास्त्रतर्फको अक्टोबर ७, साहित्यतर्फ अक्टोबर ८, शान्तिका लागि अक्टोबर ९ र अर्थशास्त्रका लागि अक्टोबर १२ मा विजेता घोषणा गरिनेछ ।

यो पनि पढ्नुहोस्ः

हेपाटाइटिस 'सी' को जोखिम र बच्ने उपाय

प्रकाशित : आश्विन १९, २०७७ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?