२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दक्षिण कोरियाली अधिकारी मारिएको घटनामा किम जोङ उनले 'माफी मागे'

एजेन्सी

सोल — उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन् । बीबीसीले दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले उक्त घटनामा माफी मागेको जनाएको छ ।

दक्षिण कोरियाली अधिकारी मारिएको घटनामा किम जोङ उनले 'माफी मागे'

दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनलाई पत्र पठाउँदै नेता किमले 'नहुनुपर्ने घटना घटेको' भन्दै माफी मागेका छन् । पत्रमा किमले उक्त घटना निकै 'दु:खद' र 'निराशाजनक' भएको बताएको दक्षिण कोरियाली समाचार संस्था योन्हापलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उत्तर कोरियाले उक्त घटनाका बारेमा अन्य विवरण पनि सार्वजनिक गरेको छ । ती अधिकारीलाई १० वटा गोली हानिएको र उनको शरीर नजलाइएको पनि उत्तर कोरियाली स्पष्टीकरण दिएको छ ।

दक्षिण कोरियाली अधिकारीको उत्तरमा हत्या

दक्षिण कोरियाले आफ्ना एक ४७ वर्षीय सरकारी अधिकारीलाई उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको थियो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त घटनालाई ‘क्रूर कार्य’ को संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको थियो । मन्त्रालयका अनुसार ती अधिकारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने डुंगाबाट बेपत्ता भएका थिए ।

प्रकाशित : आश्विन ९, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?