कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चिनियाँ राष्ट्रपतिका आलोचकलाई १८ वर्ष जेल

(एजेन्सी)

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङका आलोचक तथा पूर्वघरजग्गा व्यवसायी रेन सिचियाङलाई भ्रष्टाचार अभियोगमा १८ वर्षको जेल सजाय सुनाइएको छ ।

चिनियाँ राष्ट्रपतिका आलोचकलाई १८ वर्ष जेल

बेइजिङस्थित एक अदालतले सिच्याङलाई ‘भ्रष्टाचार, घुसखोरी र सार्वजनिक कोषको अपचलन’ मुद्दामा दोषी ठहर गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । जेल सजायसँगै उनलाई ४२ लाख युआन जरिवानासमेत तोकिएको छ ।

राष्ट्रपति सीको आलोचना गर्दै एक निबन्ध लेखेपछि उनी मार्च महिनादेखि बेपत्ता भएका थिए । प्रत्यक्ष रूपमा राष्ट्रपति सीको नाम उल्लेख नगरिएको भए पनि उक्त निबन्धमा सीको आलोचना गरिएको बताइएको थियो ।

रेनले १२ लाख ५० हजार युआन घूस लिएर ५ करोड बराबरको सार्वजनिक सम्पत्ति अपचलन गरेको स्वीकार गरेका बेइजिङस्थित अदालतले जनाएको हो । रेनले सबै आरोपहरू स्वीकार गरेका तथा अदालतको फैसलाविरुद्ध कुनै अपिल नगर्ने जनाएका बताइएको छ ।

सन् २०१६ मा राष्ट्रपति सीको कडा आलोचना गरेपछि रेनको सामाजिक सञ्जालको खाता बन्द गरिएको थियो । उनले उक्त ब्लगमा राष्ट्रिय सञ्चारमाध्यमहरू जनताको करले चलेकाले कम्युनिस्ट पार्टीको नभई जनताकै सेवा गर्नुपर्ने लेखेका थिए । उक्त भनाइ ‘कम्युनिस्ट पार्टीविरोधी’ भन्दै सरकारी सञ्चारमाध्यमले आलोचना गरेका थिए ।

प्रकाशित : आश्विन ६, २०७७ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?