१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महाराष्ट्रको भिवन्डीमा तीनतले भवन भत्कियो : ८ जनाको मृत्यु

एजेन्सी

मुम्बई — महाराष्ट्रको भिवन्डीमा सोमबार तीनतले भवन भत्किँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । 

महाराष्ट्रको भिवन्डीमा तीनतले भवन भत्कियो : ८ जनाको मृत्यु

समाचार संस्था एएनआईका अनुसार स्थानीय नागरिकले कम्तीमा २० जनालाई सकुशल उद्धार गरेका छन् । अहिले पनि २० देखि २५ जना फसिरहेको हुन सक्ने राष्ट्रिय आपदा प्रतिक्रिया बल(एनडीआरएफ) ले जनाएको छ ।

अहिले एनडीआरएफ, दमकल, प्रहरी र स्थानीय नागरिकसहितको टोलीले उद्धारको प्रयास गरिरहेको छ । ४० वर्ष पुरानो उक्त भवनमा २० परिवार बस्दै आएको बताइएको छ । घटनास्थल मुम्बईबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको छ ।

प्रकाशित : आश्विन ५, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?