नेपालसँग व्यावहारिक सहयोग विकास गर्ने इच्छा छ : चिनियाँ राष्ट्रपति सी- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालसँग व्यावहारिक सहयोग विकास गर्ने इच्छा छ : चिनियाँ राष्ट्रपति सी

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको भन्दै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गर्ने जनाएका छन् । स‌ंविधान दिवसका अवसरमा आइतबार समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले यस्तो विचार राखेका हुन् ।

सन्देशमा सीले गत वर्ष आफू र राष्ट्रपति भण्डारीबाट भएको आपसी भ्रमणको पनि स्मरण गरेका छन् । भ्रमणबाट दौत्य सम्बन्ध मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारीमा उक्लिएको उनको भनाइ छ । दुई देशले कोभिड-१९ महामारीविरुद्ध सहकार्य गरेबाट आपसी मित्रता अझ सुदृढ तथा गहिरो भएको पनि सीले बताए । ‘चीन-नेपाल सम्बन्धको विकासमाथि उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गरी दुई देशका जनतामाझ अरू लाभ पुर्याउने इच्छा छ,’ उनले भने ।

त्यस्तै चीनका प्रधानमन्त्री ली खछ्याङले पनि आइतबार नै समकक्षी केपी शर्मा ओलीलाई संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् । नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी भएको बताउँदै उनले केही वर्षदेखि दुई पक्षबीच विभिन्न क्षेत्रको सहयोग स्थिर रूपमा अघि बढिरहेको उल्लेख गरे । लीले पनि नेपालसँग मिलेर महामारीविरुद्ध संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रको सहयोग अघि बढाइएको बताए । ‘नेपाल-चीनबीच विकास तथा समृद्धि–उन्मुख युगीन मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अझ गहन पार्ने चीनको इच्छा छ,’ उनले भने ।


प्रकाशित : आश्विन ४, २०७७ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्

सुटिङमा फर्किए ड्वेन जोनसोन

एजेन्सी

हलिउड अभिनेता ड्वेन जोनसोन आफ्नो काममा फर्किएका छन् । पछिल्लो समय उनीसहित उनको परिवारलाई नै कोरोना संक्रमण भएको थियो । काेराेनामुक्त भएका उनी नेट्फ्लिक्स फिल्म 'रेड नोटिस'को छायांकनमा फर्किएका छन् ।

छायांकनस्थलबाट मास्क र फेससिल्ड लगाएको तस्बिर उनले सामाजिक सञ्जालमा इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । क्याप्सनमा लेखेका छन्, 'विश्व परिवर्तन भएको छ र हाम्रा केही प्रकिया पनि । हामी फिल्म रेड नोटिसको छायांकनमा फर्केका छौं ।'

छायांकनमा सतर्कता अपनाएको पनि उनले जानकारी दिएका छन् । 'हामीले स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर सतर्कताका अपनाएका छौं,' उनले इन्स्टाग्राममा लेखेका छन् । यस्तो महामारीको समयमा पनि कसरी ठूलो मात्रामा काम गर्ने भन्नेतर्फ पनि फिल्मको टिम अभ्यास गरिरहेको उनले बताएका छन् । फिल्ममा उनीसँगै फिल्ममा रायन रेनल्ड्स र गल गेडोटले अभिनय गर्दैछन् ।

यो फिल्म सन् २०२१ मा प्रदर्शन गर्ने चर्चा छ । रेड नोटिससँगै ड्वेन 'ब्ल्याक एडम'मा पनि अभियन गर्दैछन् । फिल्म २०२१ मा प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित : आश्विन ४, २०७७ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×