१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

योशिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

एजेन्सी

टोक्यो — जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) का नेता   योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित छन् । बुधबार जापानी संसद्‍मा भएको चुनावमा सुगा नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् ।

योशिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

सुगाले ४ सय ६५ सदस्य रहेको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा ३ सय १४ मत प्राप्त गरे भने २ सय ४५ सदस्य रहेको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) मा १ सय ४२ मत प्राप्त गरेको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

सुगाले बुधबार साँज जापानका सम्राटसँग शपथ ग्रहण गरेपछि औपचारिक रुपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । ७१ वर्षीय सुगा सन् १९९१ मा किची मियाजावापछि सबैभन्दा बढी उमेरका जापानी प्रधानमन्त्री भएका छन् ।

गत अगस्ट २८ मा शिन्जो आबेले स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएपछि जापानका नयाँ प्रधानमन्त्री चुनिएको हो । आबेको राजीनामापछि उनीनिकट नेता मानिने सुगा नै संसदीय दलको नेतामा निर्वाचित हुने अपेक्षा गरिएको थियो ।

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदै थियो । सन् २०२१ को अक्टोबर २१ भन्दा अघि नै जापानमा आम चुनाव सम्पन्न गरिसक्नुपर्छ । त्यसैले सुगा कम्तीमा पनि आउँदो चुनावसम्म जापानको प्रधानमन्त्री पदमा रहनेछन् ।

कोरोना महामारीका कारण इतिहासमै सबैभन्दा बढी जर्जर अवस्थामा पुगेको जापानी अर्थतन्त्रलाई बलियो बनाउने चुनौती सुगासामू रहेको छ । कोरोना महामारी रोकथाम र त्यसबाट पुगेको असरलाई सम्बोधन गर्नका लागि जापान सरकारले २ सय ३० ट्रिलियन येनको आर्थिक प्याकेजको घोषणा गरेको थियो । त्यस्तै सुगाले जापानको राष्ट्रिय सुरक्षा नीतिमा पनि केही पुनरावलोकन गर्न सक्ने बताइएको छ ।

यसअघि सुगाले जापानी मन्त्रिपरिषद्को प्रमुख सचिवको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ३१, २०७७ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?