१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तेन्जिङ शेर्पालाई भारत रत्न प्रदान गर्न माग

दार्जिलिङ — दार्जिलिङका सांसद राजु विष्टले भारतको संसद्मा सगरमाथा शिखरमा पहिलोपटक पुगेका तेन्जिङ नोर्गे शेर्पालाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गर्न माग गरेका छन् । उनले सदनलाई असाधारण परिस्थितिबीच पनि शेर्पाले शिखर आरोहण गरेकाले भारत रत्न दिनुपर्ने बताएका हुन् ।

‘भारतले कुनै व्यक्तिलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान भारत रत्नका निम्ति शेर्पा सर्वाधिक योग्य हुन् । यसैले उनलाई यो सम्मान प्रदान गरिनुपर्छ भन्ने माग गरेको हो,’ विष्टले कान्तिपुरसित भने ।

शेर्पा र एड्मन्ड हिलारी २९ मे १९५३ मा सगरमाथाको शिखरमा पुगेका थिए । शेर्पाले १९५३ मा नै जर्ज मेडल, स्पेसल ओलम्पिक मेडल, इरान शाह मेडल, नेपाल तारा, यूएसएसआर स्पेसल मेडल, फ्रेन्च स्पोर्ट्स स्पेसल मेडल प्राप्त गरिसकेका छन् । सन् १९९९ मा टाइम्स म्यागजिनले शेर्पालाई विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक भनेर घोषणा गरेको थियो । सन् २००० मा उनलाई लाइफ म्यागाजिनले विश्वका १० सर्वश्रेष्ठ एथलिटहरूमध्ये एक जनाको रूपमा मान्यता दियो । यसबाहेक नासाले प्लुटो ग्रहका पहाडहरूमध्ये एउटाको नामकरण तेन्जिङ मोन्टेससमेत राखिसकेको छ । भारतले अघि नै पद्मभूषण सम्मान प्रदान गरिसकेको छ भने शेर्पाकै नाममा भारत सरकारले हाइयस्ट एड्भेन्चर स्पोर्ट्स अवार्ड स्थापना गरेको छ ।

केही वर्ष उनले समाधान दैनिक र हटलाइन दैनिकमा फोटो पत्रकार तथा संवाददाताको रुपमा समेत काम गरेका थिए ।

यस अघि उक्त पुरस्कारबाट पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल र सन्देश श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

प्रकाशित : भाद्र ३०, २०७७ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?