३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अमेरिकामा डढेलोले मारिने ३२ पुगे

एजेन्सी

क्यालिफोर्निया — अमेरिकाको पूर्वी तटीय राज्यमा डढेलोका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । अधिकारीहरूका अनुसार ओरिगन राज्यमा मात्रै दर्जनौं सम्पर्कविहीन छन् ।

अमेरिकामा डढेलोले मारिने ३२ पुगे

क्यालिफोर्निया, ओरिगन र वासिङ्टन राज्यमा तीन सातादेखि फैलिएको डढेलोका कारण दसौं लाख एकड वन क्षेत्र नष्ट भएको छ ।

डढेलोका कारण हजारौं घर ध्वस्त भएका छन् भने दसौं हजार मानिसहरू घर छाड्न बाध्य भएको बीबीसीले उल्लेख गरेको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले फितलो वन व्यवस्थापनका कारण डढेलोको क्षति बढी भएको बताएका छन् । अधिकारीका अनुसार हाल न्यु जर्सी बराबरको भूभागमा डढेलो फैलिइरहेको छ ।

डढेलोसँगैको धूवाँका कारण ओरिगनको पोर्टल्यान्ड, क्यालिफोर्नियाको सान फ्रान्सिस्कोको वायुको गुणस्तर निकै घटेको जनाइएको छ । ओरिगन राज्यमा मात्रै कम्तीमा १६ स्थानमा डढेलो फैलिएको छ । आपत्कालीन व्यवस्थापन कार्यालयका अनुसार कम्तीमा ४० हजार जनालाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ । मृतकमध्ये १० जना ओरिगन राज्यका हुन् ।

त्यस्तै क्यालिफोर्नियामा अगस्ट दोस्रो सातादेखिको डढेलोका कारण हालसम्म २२ जनाको मृत्यु भइसकेको छ । राज्यका विभिन्न २८ स्थानमा फैलिएको डढेलो नियन्त्रणका लागि १४ हजार ८ सय अग्नि नियन्त्रक खटिएका छन् ।

प्रकाशित : भाद्र २८, २०७७ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?