२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको निधन

एजेन्सी

नयाँ दिल्ली — भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८० वर्षको उमेरमा निधन भएको छ । 'हिन्दुस्तान टाइम्स'का अनुसार कलेजोको समस्याका कारण मंगलबार अस्पताल भर्ना गरिएका उनको शुक्रबार निधन भएको हो । 

भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको निधन

बँधुवा मुक्ति मोर्चाका संस्थापक अग्निवेशले आर्य समाजका सिद्धान्तहरुमा आधारित राजनीतिक दल आर्यसभाको स्थापना गरेका थिए । उनको मृत्युमा कांग्रेस आईका नेता राहुल गान्धी, शशि थरुर, नोबेल शान्ति पुरस्कार विजेता सामाजिक अभियन्ता कैलाश सत्यार्थी तथा अभिनेत्री शबाना आजमीलगायतले दु:ख व्यक्त गरेका छन् ।

बँधुवा मजदुरको मुक्तिका लागि लामो समय अभियान चलाएका स्वामी अग्निवेशलाई ‘राइट लाइभ्लीहुड अवार्ड’ बाट सम्मानित गरिएको थियो । सन् १९३९ मा आन्ध्र प्रदेशमा जन्मिएका अग्निवेशले केही समय शिक्षण र वकालत पेसा पनि गरेका थिए । उनले टेलिभिजन कार्यक्रममा प्रस्तोताको भूमिका निभाउनुका साथै रियालिटी शो ‘बिग बोस’ को पाँचौँ संस्करणमा समेत सहभागी भएका थिए ।

उनले सन् १९७० मा ‘आर्यसभा’ नामक राजनीतिक दलसमेत गठन गरे । उनी संकटकालपछि हरियाणा सरकारमा मन्त्रीसमेत बनेका थिए । सन् १९८० को दशकमा भारतमा मन्दिरमा दलितहरुलाई मन्दिर प्रवेशमा लगाइएको रोकविरुद्ध उनले व्यापक अभियान नै चलाएका थिए ।

सन् २०११ मा भ्रष्टाचारविरुद्ध अन्ना हजारेले चलाएको ‘जनलोकपाल आन्दोलन’ मा समेत सहभागी भएका अग्निवेश पछि भने केही मतभेदका कारण उक्त आन्दोलनबाट बाहिरिएका थिए ।

सन् २०१८ मा भाजपासमर्थित युवा मोर्चाले ‘जय श्री राम’ को नारा लगाउँदै झारखण्डमा अग्निवेशमाथि आक्रमण गरेका थिए । झारखण्डको पाकुरमा आदिवासी समुदायले सरकारले गरेको भूमि अधिग्रहणविरुद्धको आन्दोलनमा स्वामी अग्निवेशले समर्थन गरेका थिए ।

प्रकाशित : भाद्र २६, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?