१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अवैध निर्माण भन्दै बीएमसीले अभिनेत्री कंगनाको अफिस भत्कायो

एजेन्सी

मुम्बई — अवैध निर्माण गरेको भन्दै बृहन्‍मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय भत्काएको छ । बीएमसीले मंगलबार क‌ंगनाको कार्यालयमा २४ घण्टाभित्र सामान हटाउन भन्दै नोटिस पठाएको थियो ।

अवैध निर्माण भन्दै बीएमसीले अभिनेत्री कंगनाको अफिस भत्कायो

कंगनाका तर्फबाट उनका वकिलले लिखित जवाफ दिए पनि चित्तबुझ्दो नभएको बताउँदै बीएमसीले उनको कार्यालय भत्काएको हो ।

उनले आफ्नो कार्यालयको तस्बिर ट्विट गर्दै मुम्बइलाई पाकिस्तानको संज्ञा दिएकी छन् । अर्को फोटोमा उनले 'डेथ अफ डेमोक्रेसी' लेखेकी छन् ।

कंगनाले आफूले अवैध निर्माण नगरेको लगातार ट्विटरमार्फत बताउँदै आएकी छिन् । उनले लेखेकी छिन, 'मेरो घरमा कुनै अवैध निर्माण गरिएको छैन । सरकारले पनि सेप्टेम्बर ३० सम्मलाई नभत्काउनु भनेको छ । वास्तवमा यो हो फासिजम ।'

अर्को ट्विटमा कंगनाले महाराष्ट्रको गुन्डाले आफ्नो सम्पतिलाई अवैध सावित गर्न लागि परेको लेखेकी थिइन् ।'म आउनुअघि नै महाराष्ट्र सरकार र उनीहरुको गुन्डाले मेरो अफिस बाहिर आएर त्यसलाई तोड्ने काम गरेका छन्,' उनले ट्विटमा लेखेकी थिइन् । बिएमसीले कंगनाको अफिसमा बुलडोजर लगाइसकेको छ । उनको यो अफिस बान्द्राको पाली हिलमा छ । केही महिनाअघि उनले यो अफिस निर्माण गरेकी थिइन् ।

अभिनेत्री कंगना चण्डिगढबाट मुम्बईको लागि हिँडिसकेकी छिन् । शिवसेना पार्टीका नेताहरुसँग कंगनाको केही समयदेखि भनाभन चलिरहेको थियो । महाराष्ट्रमा शिव सेना नेतृत्वको सरकार छ । बीमएसी महाराष्ट्र सरकारको मातहतमा आउँछ । कंगनाका समर्थकले बीएमसीले राजनीतिक दबाबमा आएर उनको कार्यालय भत्काएको बताएका छन् ।तर बीएमसीका अधिकारीले भने अवैध रुपमा भौतिक संरचनाको निर्माण गरिएकाले भत्काएको बताएका छन् ।

प्रकाशित : भाद्र २४, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?