कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

क्यालिफोर्नियाको ९ लाख हेक्टरमा फैलियो डढेलो

एजेन्सी

क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो ९ लाख हेक्टर क्षेत्रमा फैलिएको छ । क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यति ठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलोपटक हो ।

क्यालिफोर्नियाको ९ लाख हेक्टरमा फैलियो डढेलो

विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । डढेलोका कारण ३ हजार ३ सयभन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ ।

विभागले निकै तीव्र हावा र न्यून आर्द्रताका कारण डढेलो नियन्त्रणमा समस्या भएको जनाएको छ । डढेलो नियन्त्रणका लागि हाल १४ हजार एक सयभन्दा बढी अग्नि नियन्त्रकहरू खटाइएको पनि विभागले जनाएको छ । लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायुविज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताए ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले कतिपय काउन्टीमा आपत्कालीन स्थितिको घोषणा गरेका छन् । डढेलो अनियन्त्रित भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा विपद् घोषणा गरेका थिए । त्यसको चार दिनअघि गभर्नर न्युसमले पनि राज्यव्यापी आपत्काल घोषणा गरेका थिए ।

प्रकाशित : भाद्र २४, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?