१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बेलायतमा चक्कु प्रहारबाट १ को मृत्यु, ७ घाइते

(एजेन्सी)

लन्डन — बेलायतको बर्मिङ्घम सहरमा चक्कु प्रहारका कारण १ जनाको मृत्यु भएको छ । आक्रमणमा ७ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

इंग्ल्यान्ड राज्यको दोस्रो ठूलो सहरमा शनिबार मध्यरातमा एक समूहले अन्धाधुन्ध चक्कु प्रहार गरेको हो । घटनालाई प्रहरीले ‘ठूलो आक्रमण’ भएको बताएको छ ।

‘मध्यराति करिब १२:३० बजे बर्मिङ्घम सहरको मध्यक्षेत्रमा छुरा प्रहार भएको जानकारी प्राप्त भएको हो,’ वेस्ट मिडल्यान्ड प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउने तथा आक्रमणकारी समूहको खोजीका लागि सबै आपत्कालीन सेवालाई घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ ।

बेलायती टेलिभिजन च्यानलमार्फत सार्वजनिक घटनास्थल वरपरको दृश्यमा प्रहरीले घेरा हाली आक्रमणकारी समूह तथा व्यक्तिको खोजी गरिरहेको छ ।

प्रहरी तथा अनुसन्धान अधिकारीहरूले केही महत्त्वपूर्ण जानकारी पाएको जनाइएको छ । तर घटनाबारे अनुसन्धान जारी रहेको भन्दै प्रहरीले थप सूचना दिन अस्वीकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : भाद्र २१, २०७७ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?