३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतमा ‘पब्जी’ बन्द, ‘फौजी’ आउँदै

केही दिनअघि पब्जी लगायतका ११८ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको भारतले अब 'फौजी' नामको मल्टीप्लेयर एक्सन गेम लन्च गर्ने भएकाे छ । मल्टिप्लेयर एक्सन गेम फौजीलाई अभिनेता अक्षय कुमारले प्रवद्र्धन गर्ने बताइएको छ । अक्षयले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानलाई सहयोग गर्न मल्टिप्लेयर एक्सन गेम ल्याउन लागिएको बताएका छन् ।

भारतमा ‘पब्जी’ बन्द, ‘फौजी’ आउँदै

फौजीलाई फियरलेस एन्ड युनाइटेड–गार्डस् नाम दिइएको छ । यो खेलबाट प्रयोगकर्ताले भारतीय सैनिकहरुको बलिदानीबारे थाहा पाउने पनि अक्षयले बताएका छन् ।

गेमको राजस्वकाे २० प्रतिशत रकम मृतक सैनिकका परिवारलाई सहयोग गर्न गृह मन्त्रालयद्वारा गठन गरिएकाे 'भारत के वीर ट्रष्ट'मा खर्चिइने बताइएको छ । यो खेललाई बैंग्लोरस्थित एनकोर गेम्सले डेभलप गर्दै छ ।

सम्बन्धित समाचार :

प्रकाशित : भाद्र १९, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?