१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रोबर्ट प्याटिन्सनलाई कोरोना पुष्टि, रोकियो 'ब्याटम्यान'को सुटिङ

एजेन्सी

हलिउड अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण देखिएपछि 'ब्याटम्यान' सुटिङ रोकिएको छ । फिल्म निर्माण कम्पनी वार्नर ब्रदरले प्रोडक्सन टिमकै एकजना आइसोलेसनमा बस्न गएको बताएका छन् ।

रोबर्ट प्याटिन्सनलाई कोरोना पुष्टि, रोकियो 'ब्याटम्यान'को सुटिङ

'ब्याटम्यान प्रोडक्सनको एकजनामा कोरोना पुष्टि भएको छ । अहिले उनी आइसोलेसनमा छन् । फिल्मको सुटिङ रोकिएको छ' निर्माण टिमले सार्वजनिक गरेको विज्ञप्ति लेखिएको छ । निर्माण टिमले कसैको नाम नै भने तोकेका छैनन् । फिल्मको सुटिङ लन्डनमा भइरहेको थियो ।

हलिउड रिपोर्टरले फिल्मका मुख्य कलाकार प्याटिन्सनलाई नै कोरोना पोजिटिभ देखिएको समाचारमा उल्लेख गरेको छ । भ्यानिटी फेयरले पनि 'ट्वाइलाइट' अभिनेता प्याटिन्सनलाई नै कोरोना देखिएको समाचार लेखेका छन् ।

'ब्याटम्यान'को सुटिङ गत मार्चमा लकडाउनका कारण रोकिएको थियो । म्याट रिभ्सले निर्देशन गर्ने 'ब्याटम्यान' २०२१ को अक्टोबर १ मा प्रदर्शनमा ल्याउने तयारी छ ।

प्रकाशित : भाद्र १९, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?