कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

'कुनै ठूलो चोट सहनुभन्दा फरक रहेछ कोरोना संक्रमण'

एजेन्सी

हलिउड अभिनेता ड्वेन जोनसनले केही साताअघि आफू र परिवारका सदस्यहरू काेराेना संक्रमित भएकाे र अहिले सबैजना निकाे भएकाे बताएका छन् । इन्स्टाग्राममार्फत ड्वेनले आफूसहित श्रीमती र दुई छोरीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

'कुनै ठूलो चोट सहनुभन्दा फरक रहेछ कोरोना संक्रमण'

'मेरो श्रीमती लरेन, दुई छोरीहरु र मेरो कोरोना परीक्षण पोजिटिभ आएको थियाे,' इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले भनेका छन्, 'एउटा परिवारका लागि यी कुरा सामना गर्न चुनौतीपूर्ण र कठिन थियाे । व्यक्तिगत हिसाबले पनि । कुनै ठूलो चोट, दुखाइ सहनुभन्दा फरक छ कोरोना पोजिटिभ देखिनु । मेरो लागि परिवारलाई सुरक्षित गर्नु पहिलो प्राथमिकता हो ।'

परिवार नै संक्रमित हुनु दुःखको कुरा रहेको उनले बताएका छन् । 'मलाई मात्र कोरोना संक्रमण देखिएको भए हुन्थ्यो। तर त्यस्तो भएन । मेरो परिवार नै संक्रमित भयो । यो वास्तवमा पीडादायक नै छ । तर म खुसी छु कि परिवारका सबैजना अहिले काेराेनामुक्त भएका छन् । उनीहरूकाे स्वास्थ्य पनि राम्रो छ,' उनले भने,'सुरुको केही हप्ता दुई छोरीहरूको गलामा समस्या थियो । तर अहिले उनीहरु पनि सामान्य भएका छन् ।'

क्वारेन्टाइनमा रहेका उनीहरुले मास्क लगाउन नछुटाएको उनले बताएका छन् । उनले भिडियोमार्फत सबैलाई सुरक्षित रहन सन्देश दिएका छन् ।

पूर्व व्यवसायिक रेस्लर तथा डब्लुडब्लुई स्टार ४८ वर्षीय जाेनसनका द स्करपियन किङ, फास्ट एन्ड फ्युरियस र जुमान्जी फ्रेन्चाइज चर्चित छन् ।

प्रकाशित : भाद्र १८, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?