१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

काठमाडौँ — भारतले पब्जीसहित १ सय १८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ । लद्दाखमा केही दिनयता भारत र चीनबीच तनाव सुरु भएपछि  भारतको सूचना तथा प्रविधि मन्त्रालयले थप एक सयभन्दा बढी एप्सहरुमाथि प्रतिबन्ध लगाएको हो । 

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

भारतले यसअघि जुनमा सुरक्षाको कारण देखाउँदै टिकटक,यूसी ब्राउजर,वी च्याट लगायत ५९ वटा मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

पूर्वी लद्दाखमा दुवै मुलुकबीच पुनःविवाद हुन थालेपछि भारतले डाटा सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाइएको भारतको सूचना तथा प्रविधि मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिबन्ध लगाइएका एप्सहरुले आफ्नो मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र भारतको सुरक्षामाथि खतरा भएको मन्त्रालयले जनाएको छ ।

मोबाइल फोन र मोबाइल एपको निकै ठूलो बजार मानिने भारतमा चिनियाँ फोन र एपहरुको प्रयोग निकै ठूलो मात्रामा हुने गरेको छ ।

मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस भारतमा चल्दै आएको छ ।

प्रकाशित : भाद्र १७, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?