भारतीय सर्वोच्च अदालतको अवहेलना मुद्दामा प्रशान्त भूषणलाई एक रुपैयाँ जरिवाना- विश्व - कान्तिपुर समाचार

भारतीय सर्वोच्च अदालतको अवहेलना मुद्दामा प्रशान्त भूषणलाई एक रुपैयाँ जरिवाना

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतको सर्वोच्च अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै एक रुपैयाँ जरिवाना सुनाएको छ । सोमबार सर्वोच्च अदालतले फैसला सुनाउँलै भूषणलाई एक रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको हो ।

वरिष्ठ अधिवक्ताले भूषणले सर्वोच्चको फैसला आएलगत्तै आफ्ना सहकर्मीसमेत रहेका वरिष्ठ वकिल राजिव धवनले एक रुपैयाँ जरिवाना तिरिदिएको ट्वीटमार्फत जानकारी दिएका छन् । उनले सर्वोच्चको फैसलालाई स्वीकार गरेको पनि बताएका छन् ।

सर्वोच्चको फैसलाअनुसार भूषणले जरिवाना नतिरेको भए उनलाई तीन महिनासम्म जेल सजाय हुन सक्थ्यो । साथै उनलाई तीन वर्षसम्म वकालत अभ्यासमा पनि रोक लाग्न सक्थ्यो । सर्वोच्चले उनलाई सेप्टेम्बर १२ सम्म जरिवाना तिर्ने म्याद दिएको थियो ।

भारतीय सर्वोच्च अदालतले अधिवक्ता भूषणका दुई वटा ट्वीटले मानहानी भएको फैसला गरेको हो ।

अदालतले आफ्नो फैसलामा सन् २०१८ को जनवरीमा सर्वोच्चका चार जना न्यायाधीशको प्रेस कन्फरेन्स पनि गलत भएको बताएको छ । फैसलामा सर्वोच्च अदालतले न्यायाधीशलाई अभिव्यक्ति स्वतन्त्रता भए पनि पत्रकार सम्मेलनको अपेक्षा नगरिने बताएको छ ।

अदालतले २७ र २९ जुनमा भूषणले सर्वोच्च अदालत र प्रधानन्यायाधीश एसए बोब्डेलक्षित दुई वटा ट्वीटले मानहानी भएको ठहर गरेको हो ।

भारतीय सर्वोच्च अदालतको अवहेलना मुद्दामा प्रशान्त भूषण दोषी ठहर

भूषणले २७ जुनको ट्वीटमा प्रधानन्यायाधीश बोब्डेको तस्बिरमा हेल्मेट नलगाएको भन्दै टिप्पणी गरेका थिए । गत जुनको अन्तिम साता प्रधानन्यायाधीश बोब्डेको आफ्नो गृहनगर नागपुरमा निकै नै महँगो देखिने मोटरसाइकल चढेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त तस्बिरमा बोब्डेले हेल्मेट लगाएका थिएनन् । भूषणले त्यही तस्बिरमाथि टिप्पणी गरेका थिए ।

पछि बोब्डेले रोकिराखेको मोटरसाइकलमा चढेको खुलेको थियो । त्यसैगरी २९ जुनको अर्को ट्वीटमा भने उनले पछिल्ला ६ वर्षमा संकटकालबिना नै लोकतन्त्र ध्वस्त पारिएको र त्यसका लागि सर्वोच्च अदालत र पछिल्ला चार जना प्रधानन्यायाधीशहरुको भूमिका रहेको दाबी गरेका थिए ।

भूषणको ट्वीटले अदालतको मानहानी भएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि अदालतले भूषणसँग जवाफ मागेको थिए । जवाफमा भूषणले आफूले दुईवटा ट्वीटको केही अशंप्रति गल्ती स्वीकार गर्दै माफी मागेका थिए ।

प्रकाशित : भाद्र १५, २०७७ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्

कुपोषणको उच्च जोखिममा मुगु

राजबहादुर शाही

मुगु — हिमाली जिल्ला मुगु कुपोषणको उच्च जोखिममा परेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार साउन महिनामा मात्रै ५४ जना बालबालिकामा कुपोषणको लक्षण देखिएको छ ।

गत वर्ष १ हजार २६ जना बालबालिकामा कुपोषण देखिएको कार्यालयले जनाएको छ । ती मध्ये ६ सय ३ जनामा कडा कुपोषणको लक्षण देखिएको थियो । जोखिम बढे पनि कुपोषणका कारण कसैको मृत्यु नभएको कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए । उनका अनुसार २ वर्षयता जिल्लामा कुपोषणको जोखिम बढ्दै गएको छ ।

मुगुमा कुपोषण घटाउन स्वास्थ्य सेवा कार्यालयले बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गरेको छ भने विश्व खाद्य कार्यक्रमले जिल्लाभरि पोष्टिक आहार वितरणलाई निरन्तरता दिएको छ ।

स्थानीयको खानपान र बानी व्यवहारमा परिवर्तन नआएसम्म कुपोषणको जोखिम घटाउन नसकिने जिल्ला स्वास्थ्य अधिकृत डा. निर्मल नगरकोटीले बताए । उनका अनुसार जिल्लाका ४ स्थानीय तहमध्ये सबैभन्दा बढी सोरु गाउँपालिका र कम मुगमकार्मारोङ गाउँपालिकामा कुपोषण देखिएको छ ।

सन्तुलित भोजनको कमी, बालबालिकाको स्याहारसुसारमा कमी, स्वास्थ्य सेवाको पहुँच नहुनु, घरायसी खाद्य असुरक्षा र गरिबीका कारण कुपोषण बढिरहेको उनले बताए ।

प्रकाशित : भाद्र १५, २०७७ १४:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×