१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भारतीय फिल्म निर्देशक निशिकान्त कामतको निधन

'दृश्यम' लगायत फिल्म थिए चर्चित
एजेन्सी

'दृश्यम' निर्देशक निशिकान्त कामतको हैदरावाद अस्पतालमा सोमबार निधन भएको छ । ५० वर्षीय कामतकाे कलेजोको समस्याका कारण मृत्यु भएको 'टाइम्स अफ इन्डिया'ले उल्लेख गरेको छ ।

भारतीय फिल्म निर्देशक निशिकान्त कामतको निधन

उनको निधनपछि बलिउड अभिनेता अजय देवगनले ट्वीटरमा लेखेका छन्, 'निशिकान्तसँग मेरो सम्बन्ध तब्बु र मलाई लिएर बनाइएको फिल्म 'दृश्यम'को मात्र थिएन । त्यो एउटा यस्तो सहकार्य थियो जसले मलाई उत्साह दियो । उनी सधैं हाँसिरहन्थे । चाँडै बिदा भए । हार्दिक श्रद्धाञ्जली निशिकान्त ।'

त्यस्तै अभिनेता रितेश देशमुख लेख्छन्, 'म तिमीलाई सम्झिहनेछु मेरो साथी । तिम्रो आत्माले शान्ति पाओस् ।' यसअघि रितेशले रोगसँग लड्दै गरेका निर्देशक कामतका लागि सबैसँग प्रार्थनाको अपिल गरेका थिए ।

'दृश्यम'बाट चर्चामा आएका निशिकान्तले इरफानलाई लिएर 'मदारी', जोन अब्राहमसँग 'फोर्स' र 'रक्की ह्यान्डसम' निर्देशन गरेका थिए । उनी मराठी फिल्मका निकै चर्चित निर्देशकमध्ये एक थिए । रितेश अभिनित मराठी फिल्म 'लय भारी'सँगै 'फुगे'जस्ता फिल्म निर्देशन गरेका थिए । हिन्दीमा उनले निर्देशन गरेको पहिलो फिल्म मुम्बइ बम ब्लास्टमाथि बनेको फिल्म 'मुम्बइ मेरी जान' थियो । उनले 'रकी ह्यान्डसम'मा एक प्रमुख भूमिकामा अभिनय पनि गरेका थिए ।

कामतलाई ३१ जुलाईमा हैदरावादकाे गचीबोवलीस्थित एआइजी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित : भाद्र १, २०७७ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?