कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सञ्‍जय दत्तलाई फोक्सोको क्यान्सर 

कान्तिपुर संवाददाता

काठमाडौं — बलिउड अभिनेता सञ्जय दत्तलाई क्यान्सर भएको छ । उनको फोक्सोमा तेस्रो चरणको क्यान्सर देखिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

सञ्‍जय दत्तलाई फोक्सोको क्यान्सर 

फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगेको छ । केही दिनअघि उपचारका लागि कामबाट 'ब्रेक' लिएको बताएका दत्त शनिबार मुम्बईस्थित लिलावती अस्पताल भर्ना भएका थिए । उनी सोमबार डिस्चार्ज भएका थिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालमा उनको पीसीआर परीक्षण भए पनि कोरोना संक्रमण भने नदेखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । परीक्षणका क्रममा उनको फोक्सोमा क्यान्सर देखिएको थियो ।

यसबारे थाहा पाउँदा केही आत्तिए पनि दत्तले आफू निको हुनेमा निश्चिन्त रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनी थप उपचारका लागि अमेरिका गइसकेको भारतीय सञ्‍चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दत्तका श्रीमती र दुई सन्तान भने दुबईमा छन् । ‍'रोग निको हुने खालको हो । उनलाई अहिले तत्काल उपचारको आवश्यकता छ,' उनी निकट एक साथीले बलिउड हंगामासँग भनेका छन् ।

दत्तलाई क्यान्सर भएको थाहा पाएपछि क्रिकेटर युवराज सिंह, अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, सलमान खानलगायतले शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित : श्रावण २८, २०७७ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?