१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

केरलमा एयर इन्डियाको विमान दुर्घटना, दुवै पाइलटसहित कम्तीमा ११ को मृत्यु

विमानस्थलबाट उछिट्टिँदा दुई टुक्रा भयो विमान, आगलागी भने भएन
एजेन्सी

नयाँदिल्ली — एयर इन्डियाको विमान केरलको कालिकट विमानस्थलमा शुक्रबार साँझ दुर्घटनाग्रस्त भएको छ । दुबईबाट आएको एयर इन्डियाको आईएक्स-१३४४ बोइङ ७३७ विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो ।

केरलमा एयर इन्डियाको विमान दुर्घटना, दुवै पाइलटसहित कम्तीमा ११ को मृत्यु

दुर्घटनामा परी दुई जना पाइलटसहित कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय सञ्‍चारमाध्यम एनडीटीभीले जनाएको छ । त्यस्तै कम्तीमा ५० जना घाइते भएको र तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

तर विमान कम्पनीले भने यसको आधिकारिक पुष्टि गरेको छैन । एयर इन्डियाले दुर्घटनामा थुप्रै यात्रु घाइते भएको र उनीहरुको उद्धार भइरहेको जनाएको छ ।

विमान धावनमार्गबाट चिप्लिएर ठोक्किँदा दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमान दुई टुक्रा भए पनि आगलागी भने नभएको कम्पनीले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार थिए ।

उक्त विमानमा कोरोना महामारीका कारण दुबईमा फसेका भारतीय नागरिकलाई उद्धार गरी ल्याइएको थियो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यसअघि सन् २०१० मा मेङलोर विमानस्थलमा एयर इन्डियाको एउटा विमान दुर्घटना हुँदा १५८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : श्रावण २३, २०७७ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?