३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोरोनासम्बन्धी गलत सूचनासहितको ट्रम्पको पोस्ट फेसबुकले हटाइदियो

एजेन्सी

वासिङ्टन — फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा पोस्ट हटाइदिएको छ । कोरोना भाइरससम्बन्धी गलत सूचनासहित ट्रम्पले गरेको पोस्टलाई फेसबुकले हटाइदिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले फक्सन्युजसँगको अन्तर्वार्ताको एउटा क्लिप सेयर गरेका थिए ।

कोरोनासम्बन्धी गलत सूचनासहितको ट्रम्पको पोस्ट फेसबुकले हटाइदियो

ट्रम्पले उक्त अन्तर्वार्तामा बालबालिकासँग कोरोना भाइरससँग प्रतिरक्षा गर्ने क्षमता हुने बताएका थिए । तर अमेरिकी स्वास्थ्य अधिकारीले भने ट्रम्पले भनेजस्तो बालबालिकासँग कोरोना प्रतिरोधी क्षमता नहुने स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपतिले आफूहरुको सूचनासम्बन्धी नियम उल्लंघन गरेको फेसबुकले जनाएको छ । फेसबुकका प्रवक्ताले भने, ‘यो भिडियोमा कोरोना भाइरसका बारेमा झुटो दाबी गरिएको छ । यसले हाम्रो नीतिको उल्लंघन गरेको छ । हामी कोरोना भाइरससम्बन्धी अफवाह फैलाउनेहरुको विरुद्धमा छौं ।’ यसबारे अहिलेसम्म ह्वाइटहाउसले प्रतिक्रिया दिएको छैन ।

ट्रम्पले यसअघि पनि सामाजिक सञ्जालमा कोरोनासम्बन्धी गलत सूचना दिइरहे पनि फेसबुकले पहिलो पटक उनको पोस्ट हटाएको हो ।

बुधबार बेलुका ट्विटरले पनि राष्ट्रपति ट्रम्पको चुनावी अभियानको आधिकारिक ह्यान्डल ‘टिम ट्रम्प’ लाई केहीबेर नयाँ पोस्ट गर्नबाट वञ्चित गरेको थियो । कोरोनासम्बन्धी फक्सन्युजसँगकै अन्तर्वार्ताको अंश उक्त ह्यान्डलबाट सेयर गरिएको थियो ।

ट्विटरका प्रवक्ताले ‘टिम ट्रम्प’ ले कोरोनाको सूचनासम्बन्धी नियम उल्लंघन गरेकाले केहीबेर उक्त एकाउन्ट ‘सस्पेन्ड’ गरिएको बताएका थिए । पछि उक्त ह्यान्डलबाट अन्तर्वार्ताको अंश हटाइएको थियो । त्यसपछि मात्रै त्यस ह्यान्डलबाट नयाँ पोस्ट गर्न मिल्ने भएको हो ।

प्रकाशित : श्रावण २२, २०७७ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?