कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भारतमा पछिल्लो २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना, ९०४ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा पछिल्लो २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना, ९०४ को मृत्यु

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ४ जनाको मृत्यु भएको छ । भारतमा जुलाई २८ यता दैनिक रुपमा ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

भारतमा पछिल्ला १५ दिनमा कोरोना भाइरसको संक्रमण दर उच्च गतिमा बढिरहेको छ । संक्रमणका हिसाबले भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो । अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको छ भने कोरोनाबाट अहिलेसम ४० हजार ६ सय ९९ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा ४ लाख ६८ हजार २ सय ६५ जनामा संक्रमण देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १६ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ । त्यस्तै तमिलनाडुमा २ लाख ७३ हजार, आन्ध्र प्रदेशमा एक लाख ७६ हजार ३ सय ३३, कर्नाटकमा एक लाख ५० हजार र दिल्लीमा एक लाख ४० हजार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहीबार बिहानसम्म ४८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५८ हजार नाघेको छ भने निको हुनेको संख्या करिब १५ लाख ७७ हजारभन्दा बढी रहेको छ ।

बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८७ लाख नाघेको छ । कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ६ हजार भन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड १३ लाख निको भएका छन् ।

प्रकाशित : श्रावण २२, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?