कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रामसँग नेपालको आत्मीय सम्बन्ध : मोदी

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको बताएका छन् । भारतीय राजनीतिमा दशकौंदेखि प्रमुख मुद्दा रहँदै आएको अयोध्यामा राममन्दिर निर्माणको बुधबार औपचारिक शिलान्यासपछि विश्वका विभिन्न मुलुकसँग रामको सम्बन्ध केलाउने क्रममा मोदीले त्यस्तो धारणा राखेका हुन् ।

रामसँग नेपालको आत्मीय सम्बन्ध : मोदी

‘नेपालको त रामसँग आत्मिय सम्बन्ध माता जानकी (सिता)सँग जोडिएको छ,’ उनले भने ।

मोदीले बुधबार भारतीय समयअनुसार मध्यान्ह साढे बाह्र बजे एक विशेष कार्यक्रमबीच भूमि पूजा गरेर मन्दिरको निर्माणको विधिवत् थालनी गरेका छन् । मोदीले मन्दिर निर्माण स्थलमा चालिस किलोका पाँचवटा चाँदीको इँटा राखेर तीन तले मन्दिरको औपचारिक शिलान्यास गरे । शिलान्यास कार्यक्रमलाई भव्य बनाउन केन्द्र र उत्तर प्रदेश सरकारले विशेष तयारी गरेको थियो ।

मोदीले अयोध्यामा नेपाललाई जोडेर दिएको भनाइ उल्लेख गर्दै भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले पनि राम–सिताको सम्बन्धले पनि दुई देशको सम्बन्ध निकट र बलियो रहेको जनाएका छन् । ‘राम–सितासित जोडिएको दुई देशको निकटता गहिरो र बलियो छ । यो सम्बन्धलाई आधुनिक समयअनुरुप बढ्दो सहयोगात्मक र सुदृढ बनाउन राम–जानकीले प्रेरणा दिइरहुन्,’ राजदूत आचार्यले ट्विट गर्दै भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा राम जन्मेको अयोध्या नेपालको वीरगन्ज छेउमा पर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर ओलीको भारतमा मात्र नभएर नेपालमा पनि चर्को आलोचना भएको थियो । पछि परराष्ट्र मन्त्रालयले ओलीको भनाइ राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा चोट पुर्‍यााउने उद्देश्य नरहेको भन्दै प्रष्टीकरण दिएको थियो । उनका समर्थकहरुले भने रामको जन्मभूमिका सम्बन्धमा भारतमा समेत मतैक्य नरहेको हुँदा ओलीको अभिव्यक्तिलाई गलत भन्न नमिल्ने बरु त्यसलाई आधार बनाएर राम जन्मभूमि र अध्योध्याको अध्ययन र अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित : श्रावण २१, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?