कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतीय गृहमन्त्री अमित साहलाई कोरोना संक्रमण

उत्तर प्रदेश सरकारकी एक मन्त्रीको कोरोनाका कारण निधन
एजेन्सी

भारतको केन्द्र सरकारका गृहमन्त्री अमित साहलाई कोरोना संक्रमण भएको छ । भारतीय जनता पार्टीका पूर्व अध्यक्षसमेत रहेका मोदी सरकारका शक्तिशाली मन्त्री साहले ट्विटमार्फत् आफूलाई कोरोना देखिएको सार्वजनिक गरेका हुन् ।

भारतीय गृहमन्त्री अमित साहलाई कोरोना संक्रमण

कोरोनाका लक्षणहरु देखिन थालेपछि मन्त्री साहले परीक्षण गराएका थिए । परीक्षणका क्रममा पोजिटिभ देखिएपछि गृहमन्त्री साह अस्पताल भर्ना भएका छन् ।

साहले केही दिनको अवधिमा आफूसँग सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई कोरोना परीक्षण गराउनसमेत आग्रह गरेका छन् ।

यसैबीच, योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारकी एक मन्त्रीको कोरोनाका कारण निधन भएको छ । प्राविधिक शिक्षा मन्त्री कमलारानी वरुणको कोरोनाका कारण आइतबार लखनउमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

६२ वर्षीय वरुणको लखनाउस्थित सञ्जय गान्धी पोस्टग्रायजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचारका क्रममा निधन भएको उत्तर प्रदेश सरकारले जनाएको छ ।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चन उपचारपछि घर फर्किएका छन् । उनले अस्पतालमा रहँदा उपचार संलग्न सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रकाशित : श्रावण १८, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?