कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दशकौंदेखि चमेरोमा थियो कोरोना भाइरस : अध्ययन

‘मानिसमा पाइएको भाइरसको मात्र अध्ययन गरेर हुँदैन, जीवजन्तुमा भेटिने भाइरसको पनि अध्ययन गर्नुपर्छ’
एजेन्सी

लन्डन — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस दशकौंदेखि चमेरोका शरीरमा रहेको हुन सक्ने बेलायती एक अध्ययनले संकेत गरेको छ । बेलायतमा गरिएको एक अध्ययनमा ४० देखि ७० वर्ष अघिदेखि चमेरोमा कोरोना भाइरस(कोभिड–१९) देखिएको हुन सक्ने बताइएको छ  ।

त्यही भाइरस अहिले मानिससम्म पुगेको अध्ययनकर्ताहरुले बताएका छन् । वैज्ञानिकहरुको यो शोधसँगै कोरोना भाइरसका बारेमा चर्चा गरिएको ‘कन्स्पिरेसी थियरी’ पनि फितलो देखिएको छ । यो भाइरस ल्याबमा तयार पारिएको हो भन्ने एकखाले तर्कलाई यो अध्ययनले निराधार देखाएको छ ।

ग्लासगो विश्वविद्यालयका प्राध्यापक डेभिड रोर्बटसनले नेचर माइक्रोबायोलोजी जर्नलमा यससम्बन्धी शोधपत्र प्रकाशित गरेका हुन् । उनका अनुसार अहिलेको विश्वव्यापी महामारी सार्स–कोभ २ भाइरस आनुवंशिक रुपले चमेरोमा पाइने भाइरससँग निकै नजिक रहेको छ ।

समयक्रमसँगै चमेरोमा पाइने भाइरस सार्स–कोभ २ छुट्टिएको पनि प्राध्यापक रोबर्टसनले बताएका छन् । ‘यसको अर्थ यो हो कि, मानिसमा देखिएको कोरोना भाइरस केही समय पहिलेदेखि नै अस्तित्वमा थियो । तर हामीलाई अहिलेसम्म थाहा छैन कि कहिले र कसरी यो भाइरस मान्छेमा प्रवेश गऱ्यो,’ बीबीसीसँगको कुराकानीमा उनले भने, ‘यदि हामीले यसलाई चमेरोमा पाइने आम भाइरसको रुप मान्ने हो भने, हामीले यसबारेमा अझै अध्ययन र निगरानी गर्नुपर्नेछ ।’

भविष्यमा महामारी फैलनबाट रोक्नका लागि मानिसमा पाइएको भाइरस मात्रै होइन, चमेरोमा पाइने भाइरसका बारेमा पनि अध्ययन गर्नुपर्ने उनी बताउँछन् । यदि दशकौंदेखि यो भाइरस अस्तित्वमा रहेको भए अन्य जीवमा पनि उक्त भाइरस भेटिने सम्भावना रहेको उनको दाबी छ ।

यस अनुसन्धानका लागि शोधकर्ताहरुले कोभिड–१९ बाट बिरामी बनाउने सार्स–कोभ २ (Sars-CoV-2) भाइरसको जेनेटिक कोड र यसैसँग मिल्दोजुुल्दो चमेरोमा पाइने भाइरस RATG-13 भाइरससँग तुलना गरिएको थियो । शोधका क्रममा दुवैका पूर्वज एकै पाइएको र विकासक्रमसँगै फरक हुँदै गएको प्राध्यापक रोबर्टसन बताउँछन् ।

रिडिङ विश्वविद्यालयका प्राध्यापक मार्क पेजल पनि उक्त अध्ययनले कोरोना भाइरसको अस्तित्व ४० देखि ७० वर्ष अघिदेखि नै रहेको हुन सक्ने बताउँछन् । ‘जनावरबाट मानिसमा हुने संक्रमणको दायरा कति ठूलो छ भन्ने कुरा यो अनुसन्धानले जनाउँछ । मानिसलाई रोगी बनाउने थुप्रै भाइरस जनावरको शरीमा रहेको हुन पनि सक्छ, जुन हामीलाई थाहै छैन,’ प्राध्यापक पेजलले भने । अनुसन्धानकर्ताहरुले अनुसार एउटा जनवारबाट अर्को जनावरमा भाइरस फैलिएको हुनसक्ने र जंगली जनावरको अवैध कारोबार गर्ने क्रममा मानिसमा सरेको हुनसक्ने बताएका छन् ।

यसअघि सुरुमा अनुसन्धानकर्ताहरुले चमेरो हुँदै कुनै समुद्री जीवमार्फत मानिसमा कोरोना भाइरसको सरेको हुनसक्ने बताएका थिए । तरपछि केही अनुसन्धानकर्ताहरुले भने चमेरोबाट कोभिड–१९ फैलिएको आरोप निराधार र गलत भएको बताएका थिए । दक्षिण एसियाका ६४ जना कायरेप्टेरोलोजिस्ट(चमेरोको अध्ययन गर्ने) हरुले कोभिड–१९ चमेरोबाट फैलिएको कुरा सत्य नभएको दाबी गरेका थिए । केही अध्ययनकर्ता भने चमेरोमा पनि उक्त भाइरस अन्य कुनै जीवबाट सरेको हुनसक्ने सम्भावना रहेको बताउँछन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर ६ लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ । बिहीबार दिउँसोसम्म कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड ७० लाख नाघेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड निको भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै एक लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या ४४ लाख नाघेको छ भने संक्रमण पुष्टि भएकामध्ये झन्डै १४ लाख निको भएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १५, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्

युभेन्टसको हारसँगै रोनाल्डोले अवसर गुमाए

एजेन्सी

मिलान — इटालीको 'सिरी ए' मा सिजनको सर्वाधिक गोलकर्ता हुने अवसरले क्रिस्टियानो रोनाल्डो गुमाएका छन् । कागलिरीविरुद्धको बुधबारको खेलमा युभेन्टस  २–० ले पराजित रह्यो र रोनाल्डो आफ्नो गोल संख्या बढाउन चुके ।

३५ वर्षीय रोनाल्डोले यो सिजन ३१ गोल गरेका छन् र उनी लाजियोका सिरो इम्बोली भन्दा चार गोलले पछाडि छन् । अब लिग चरणमा युभेन्टस को एक खेल मात्र बाँकी छ र त्यो एएस रोमाविरुद्ध रहेको छ ।

लिगको १३‌औं स्थानमा रहेको कागलिरीले आठौं मिनेटमा २० वर्षीय खेलाी लुका गागलिनोको गोलले अग्रता लिएको थियो । जियोभानी सिमोनीले गोल थपे ।

बुधबारकै अन्य प्रमुख खेलमा लाजियोले ब्रेसियालाई २–०, रोमाले टुरिनोलाई ३–२ र एसी मिलानले साम्पडोरियालाई ४–१ ले हरायो ।

प्रकाशित : श्रावण १५, २०७७ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×