कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तालिवानद्वारा युद्धविराम घोषणा

एजेन्सी

काबुल — तालिवानले इद अल–अधाका अवसरमा अफगानिस्तानमा शुक्रबारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ । करिब दुई महिनाको अवधिमा सरकारले दोस्रोपटक वार्ताका लागि प्रस्ताव गरेसँगै विद्रोही समूह तालिवानले युद्धविराम घोषणा गरेको हो ।

तालिवानद्वारा युद्धविराम घोषणा

तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गर्दै इद अल–अधाको तीन दिन सबै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको जनाएका छन् ।

यसैबीच, अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान समूहसँग एक साताभित्र शान्तिवार्ता सुरु हुने बताएका छन् ।


प्रकाशित : श्रावण १४, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?