कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अमेरिकी कूटनीतिज्ञले छाडे वाणिज्य दूतावास

एजेन्सी

बेइजिङ — चीनको दक्षिण–पश्चिमी सहर चेङ्दुस्थित अमेरिकी कूटनीतिज्ञहरूले वाणिज्य दूतावास छोडेका छन् । चीनले दूतावास बन्द गर्न दिएको ७२ घण्टाको समय सोमबार सकिएको हो । 

अमेरिकी कूटनीतिज्ञले छाडे वाणिज्य दूतावास

अमेरिकाले गतसाता टेक्सासको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको प्रतिक्रिया स्वरूप चीनले पनि चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न अल्टिमेटम दिएको थियो ।

उक्त समय सकिएसँगै चिनियाँ कर्मचारीहरू भवनमा पसेका चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावासका कर्मचारीहरूले सोमबार बक्स फाइल र फोहोर राखिएका झोला बोकेका थिए । बीबीसीका अनुसार दूतावासमा रहेको अमेरिकी झन्डा झिकिएको छ भने कूटनीतिक चिह्न हटाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयमा प्रवक्ताले ‘तिब्बतसहित पश्चिमी चीनका नागरिकहरूसँगको सम्बन्धको केन्द्रमा ३५ वर्षसम्म वाणिज्य दूतावास उभिएको’ प्रतिक्रिया दिएका छन् । ‘चिनियाँ कम्युनिस्ट पार्टीको निर्णयले अमेरिका दुःखी भएको’ उनको भनाइ छ ।

वाणिज्य दूतावास बन्द भएसँगै उक्त क्षेत्रमा पुगेका स्थानीय बासिन्दाको निकै बाक्लो उपस्थिति रहेको थिए । तीमध्ये अधिकांशले चिनियाँ राष्ट्रिय झन्डा बोकेका थिए भने कपितयले मोबाइलबाट सेल्फी लिएका थिए ।

प्रकाशित : श्रावण १३, २०७७ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?