ऐश्वर्या राय बच्चन र छोरी आरध्या कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज 

एजेन्सी

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्याको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । अभिनेता अभिषेक बच्चनले ट्विट गर्दै श्रीमती ऐश्वर्या र छोरी आरध्या अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् । 

ऐश्वर्या राय बच्चन र छोरी आरध्या कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज 

'लगातारको प्रार्थना र शुभेच्छाका लागि सबैलाई धन्यवाद । ऐश्वर्या र आरध्याको कोरोना परीक्षण नेगेटिभ आएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु अब घरमै बस्नेछन् ,' उनले ट्विटमा लेखेका छन् ।

अभिषेक आफै भने बुबा अभिताभ बच्चनसँग अस्पतालका कर्मचारीको निगरानीमा रहने उनको ट्विटमा उल्लेख छ । बच्चन बाबु–छोरा गत जुलाई ११ मा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । अमिताभ आफ्नो स्वास्थ्यबारे सामाजिक सञ्जालमार्फत जानकारी दिइरहन्छन् ।

प्रकाशित : श्रावण १२, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?