कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विदेशी विद्यार्थी फर्काउने निर्णयबाट पछि हट्यो अमेरिका 

एजेन्सी

वासिङ्टन — अनलाइनबाट पढिरहेका विदेशी विद्यार्थीलाई स्वदेश फर्काउने निर्णयबाट अमेरिका पछि हटेको छ । विदेशी विद्यार्थी फर्काउने ट्रम्प प्रशासनको योजनाविरुद्ध म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी(एमआईटी) र हार्भड विश्वविद्यालयले अदालतको ढोका ढकढकाएका थिए ।

विदेशी विद्यार्थी फर्काउने निर्णयबाट पछि हट्यो अमेरिका 

केही दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विश्वविद्यालय तथा शैक्षिक संस्थानमा अनलाइन माध्यमबाट पढिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने बताएका थिए । म्यासाचुसेट्सका जिल्ला न्यायाधिश एलिसन बरोका अनुसार यस विषयमा सबै पक्षबीच सहमति जुटेको छ । सहमतिअनुरुप मार्चमा लागू गरिएको नीति फेरि लागू गरिएको छ । यसअन्तर्गत अनलाइन क्लास लिए पनि विदेशी विद्यार्थी वैधानिक रुपमा विद्यार्थी भिसामा अमेरिकामा बस्न सक्नेछन् ।

अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि हरेक वर्ष हजारौं विद्यार्थी पुग्नेगर्छन् । अमेरिकी विश्वविद्यालयको मुख्य आम्दानीको स्रोत पनि विदेशी विद्यार्थी नै हुन् । तर पछिल्लो समय कोरोना महामारीका कारण अमेरिकाका अधिकांश विश्वविद्यालयले अनलाइनमार्फत पढाइरहेका थिए । हार्भडदेखि एमआईटीसम्मले अनलाइनमार्फत कक्षा लिइरहेका थिए ।

गत हप्ता अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट(आईसीई) ले शैक्षिक संस्थामा उपस्थित नभई भर्चुअल माध्यमबाट पढ्ने विदेशी विद्यार्थीलाई स्वदेश फर्काउने बताएको थियो । आईसीईका अनुसार ट्रम्प प्रशासनको उक्त निर्णय लागू भएको भए एफ–१ र एम–१ भिसावाहक विद्यार्थीहरु प्रभावित हुने थिए ।

अमेरिकाको स्टेट डिपार्टमेन्टबाट सन् २०१९ मा ३ लाख ८८ हजार ८ सय ३९ एफ–१ भिसा र ९ हजार ५ सय १८ एम–१ भिसा जारी भएको थियो । अमेरिकी वाणिज्य विभागका अनुसार विदेशी विद्यार्थीबाट मात्रै सन २०१८ मा ४५ बिलियन अमेरिकी डलर आम्दानी भएको थियो ।

प्रकाशित : असार ३१, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?