कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सावधानी नअपनाए कोरोना महामारीले भयावह रुप लिन सक्छ : डब्लुएचओ

एजेन्सी

काठमाडौँ — विश्व स्वास्थ्य संगठनले कोभिड–१९ (कोरोना भाइरस) अझै भयानक हुन सक्ने चेतावनी दिएको छ । सोमबार संगठनले राष्ट्रहरुले कोरोना भाइरसका लागि सावधानी नअपनाए अवस्था भयावह हुने सक्ने बताएको हो । 

सावधानी नअपनाए कोरोना महामारीले भयावह रुप लिन सक्छ : डब्लुएचओ

संगठनका महानिर्देशक डा टेड्रोस अधानोमले भने,‘म सिधा कुरा भन्छु, धेरै राष्ट्रहरु गलत दिशातिर गइरहेका छन्, यो भाइरस आम मानिसको शत्रु बनिरहेको छ ।’

‘कोरोना भाइरस रोकथामका लागि राष्ट्रहरुले उचित सावधानी नअपनाए संक्रमित अझै बढ्नेछन्’, उनले थपे ।

‘धेरै राष्ट्रहरुले कोराेना रोकथामका लागि प्रगति गरेका छन् तर विश्वभर हेर्दा खासमा यो बढिरहेको देखिन्छ’, उनले भने,‘हामी सबैलाई यो हराओस्‌जस्तो लागेको छ । हामी आफ्नो सामान्य जीवनमा फर्किन चाहन्छौँ तर दु:खको कुरा यो महामारी अहिले सकिँदैन ।’

रोकथामका लागि उनले टेस्ट, ट्रेस, आइसोलेसन र क्वारेन्टाइन बढाउनु पर्नेमा जोड दिए ।

विश्वभरकाे तथ्या‌ंक हेर्दा काेराेना महामारीका कारण अमेरिका र ब्राजिल सबैभन्दा बढी प्रभावित देश बन्न पुगेका छन् ।

प्रकाशित : असार ३०, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?