कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरीलाई कोरोना देखियो

एजेन्सी

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्यालाई पनि कोरोना पुष्टि भएकाे भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

महाराष्ट्रका स्वाथ्यमन्त्री राजेश ताेपेलाई उदृत गर्दै ऐश्वर्या र छोरी आरध्यालाई दाेस्राेपटक काेराेना परीक्षण गर्दा काेराेना पाेजिटिभ देखिएकाे टाइम्स अफ इन्डिया, डिएनए इन्डिया, द हिन्दुसतान टाइम्स, जी न्युज आदिले उल्लेख गरेका छन् ।

यसअघि शनिबार मात्रै अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको थियो । उनीहरु दुवैजना मुम्बईको नानावती अस्पतालमा उपचाररत छन् । अमिताभकी पत्नी जया बच्चनलाई भने कोरोना नेगेटिभ देखिएको छ ।

प्रकाशित : असार २८, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्

फेवातालको मुहानमा निर्मित्त चेक ड्याम बाढीले बगायो

प्रतीक्षा काफ्ले

गण्डकी — अविरल वर्षाका कारण शनिबार राति फेवातालको मुख्यस्रोत हर्पनखोलामा निर्मित सिल्टेशन ड्यामलाई सहयोग पुर्‍याउन बनाइएको चेकड्यामको ३ ग्याविन जाली बगेका छन् ।

तीन तहमा बनाइएका मध्ये सबैभन्दा माथिल्लो लेयर (तह) मा बनाइएको चेकड्याम खोलामा बढेको पानीको बहावका कारण बगेको प्राविधिकले बताएका छन् ।

पोखरा महानगरका इन्जिनियर विमल आचार्यका अनुसार ३४ मिटर लम्बाईमा ३ तहमा चेकड्याम बनाइएको छ । ‘त्यसमध्ये माथिल्लो ड्यामको १० मिटर (३ ग्याबिन जाली) बगेको हो,’ उनले भने, ‘२०/२५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।’

निर्माण कार्य सम्पन्‍न भएर निर्माण व्यवसायीले सिल्टेशन ड्याम हस्तान्तरणको तयारीमा थिए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि हर्पनखोला, अँधेरीखोला, लौरुकखोला र बेतनीखोलामा ४ ठाउँमा ५ ड्याम बनाइएको हो ।

प्रकाशित : असार २८, २०७७ १५:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×