कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अभिनेता अभिषेक बच्चनमा पनि काेराेना पुष्टि

एजेन्सी

बलिउड अभिनेता अमिताभ बच्चनका छाेरा अभिनेता अभिषेक बच्चनमा पनि काेराेना भाइरस पुष्टि भएकाे छ ।

अभिनेता अभिषेक बच्चनमा पनि काेराेना पुष्टि

शनिबार साँझ काेराेना परीक्षण गर्दा अमिताभलाई काेराेना देखिएपछि अभिषेककाे पनि काेराेना परीक्षण गर्दा उनमा काेराेना पाेजिटिभ देखिएकाे हाे ।

अभिषेकले ट्वीट मार्फत आफूलाई काेराेना देखिएपछि अस्पताल भर्ना भएकाे लेखेका छन् ।

अभिषेकले शनिबार बुवा अमिताभ र आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएको बताएका छन् । आफूहरुले आवश्यक प्रक्रिया पूरा गरेको र परिवारका अन्य सदस्य र कर्मचारीको परीक्षण भइरहेको पनि उनले बताएका छन् । उनले सबैलाई शान्त रहन आग्रह गर्दै नआत्तिन अपिल पनि गरेका छन् ।

प्रकाशित : असार २८, २०७७ ००:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?