कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि

एजेन्सी

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ ।

बच्चनले आफ्नाे आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईकाे नानावती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।

‘आज (शनिबार) साँझ मलाई कोरोना पोजिटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’

उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह गरेका छन् ।

अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।

उनी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा पनि देखिँदै थिए ।

प्रकाशित : असार २७, २०७७ २३:२५
प्रतिक्रिया
पठाउनुहोस्

३३ किलो सुन काण्डका आरोपी पक्राउ

रासस

काठमाडौँ — ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । 

अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिए । उनका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनी पछिल्लो समयमा यूएई बस्दै आएका थिए ।

प्रकाशित : असार २७, २०७७ २२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×