कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'शोले'का सूरमा भोपालीको निधन 

एजेन्सी

बलिउडका हास्य कलाकार जगदीपको निधन भएको छ । बुधबार बिहान मुम्बई निवासमा उनको निधन भएको हो । 'शोले'मा सूरमा भोपालीको चरित्र निभाएका उनले ८१ वर्षको उमेरमा प्राण त्यागेका हुन् । उनी लामो समयदेखि क्यान्सरसँग लड्दै थिए । 

'शोले'का सूरमा भोपालीको निधन 

उनको निधनको खबर पाएपछि अभिनेता अजय देवगनले ट्वीटरमा लेखेका छन्, 'जगदीप साहेबको नराम्रो खबर सुनें । उहाँलाई पर्दामा हेर्दा सँधै रमाइलो हुन्थ्यो । उहाँले दर्शकलाई धेरै मनोरञ्जन दिनुभयो । उहाँको परिवारमा मेरो सान्त्वना ।' हास्य कलाकार जोनी लिभरले आफ्नो पहिलो फिल्म नै जगदीपसँग गरेको कुरा ट्वीटरमा उल्लेख गरेका छन् । 'मेरो पहिलो फिल्म 'ये रिश्ता ना टुटे'मा पहिलोपटक क्यामेरा फेस गर्दा जगदीपसँग नै अभिनय गर्ने मौका मिल्यो । हामी सधैं सम्झनेछौं । उनको आत्माले शान्ती पाउन् ।' अहिले उनका प्रशंसक उनी बिना शोले फिल्म पनि अधुरो रहेको भन्दै उनको अभिनयको चर्चा गरिरहेका छन् ।

जगदीपले ४ सय बढी फिल्म अभिनय गरेका छन् । सन् १९७५ को 'शोले'को सूरमा भोपाली चरित्रले उनी दर्शकको मनमा बस्न सफल भएका थिए । 'पूरानो मन्दिर', 'अन्दाज अपना अपना' फिल्ममा उनले तारिफयोग्य अभिनय गरेका थिए । उनले 'सूरमा भोपाली' नामको फिल्म नै निर्देशन गरेका थिए । उनका दुई छोरा जावेद र नावेद छन् ।


प्रकाशित : असार २५, २०७७ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?