कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

थप तालिवान विद्रोही रिहा नगरिने

एजेन्सी

काबुल — अफगानिस्तान सरकारले देशका विभिन्न जेलमा रहेका तालिवान विद्रोहीलाई अब रिहा नगरिने जनाएको छ । अफगान राष्ट्रपति असरफ घानीले केही महिनाअघि जेलमा रहेका तालिवानी विद्रोहीलाई रिहा गर्ने जनाएका थिए । त्यसयता करिब ४ हजार तालिवान विद्रोहीहरू रिहा भइसकेका छन् । घानीले देशका विभिन्न जेलमा रहेका कम्तीमा ५ हजार तालिवान लडाकु रिहा गर्ने प्रतिबद्धता जनाएका थिए ।

थप तालिवान विद्रोही रिहा नगरिने

पछिल्लो चरण रिहा गर्न लागिएका करिब ६ सय विद्रोही निकै गम्भीर अपराधमा संलग्न रहेकाले उनीहरूलाई तत्काल रिहा गर्न नसकिने घानीको भनाइ छ ।

अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिवान समूहसँग सरकारले वार्ता गर्ने तयारी गरिरहेको छ । त्यसैले वार्ताका लागि पूर्वसर्तका रूपमा अफगानिस्तानको जेलमा राखिएका सबै सदस्यलाई रिहा गर्नुपर्ने माग तालिवानको छ ।

यसैअनुरूप करिब ४ हजार विद्रोही रिहा गरिसकिएको जनाउँदै राष्ट्रपति घानीले अन्यलाई तत्काल रिहा नगरिने जनाएका हुन् । तालिवान समूहलाई ती विद्रोही रिहाका लागि माग नराख्नसमेत आग्रह गरेका टोलो न्युजले जनाएको छ ।

अमेरिकाले अफगानिस्तानका तालिवानहरूसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिवान र अफगानिस्तनको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो ।

कतारको दोहामा भएको वार्ताका क्रममा तालिवानहरूले आफूहरू शान्ति स्थापनाका लागि तयार रहेको बताएका थिए । शान्तिवार्ताको सर्तबमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मे खलिलजादले तालिवानहरू शान्ति स्थापनाका लागि तयार रहेको कुरा आफूले थाहा पाएको बताएका थिए । शान्तिका लागि अफगानिस्तानको सरकार, नागरिक र तालिवान इमानदार हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : असार २४, २०७७ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?