फ्रान्सको प्रधानमन्त्री पद त्यागेर नगरप्रमुख

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर नगरप्रमुखको पद रोजेका छन् । स्थानीय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उमेदवारी दिएका उनी प्रधानमन्त्रीको कार्यब्यस्तताका कारण निर्वाचनका बेला एकपटक पनि आफ्नो नगरपालिकामा प्रचारप्रसार गर्न फर्किएका थिएनन् ।

फ्रान्सको प्रधानमन्त्री पद त्यागेर नगरप्रमुख

आफ्ना ईमान्दार कार्यकर्ता र उनको ईमान्दारिताका कारण निर्वाचनमा उपस्थित नै नहुँदा पनि उनलाई जिताएपछि उनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर नगरप्रमुखमै बस्ने निर्णय गरेका हुन् । फिलिप नगरप्रमुखमा विजयी भएको फ्रान्स२४ डटकमले जनाएको छ ।

कम बोल्ने, देश र समाजका लागि चौबिसै घण्टा काममा खटिने र निस्कलंकित उनको छविका कारण राष्ट्रपति एमानुयल माक्रोंले उनलाई १५ मे २०१७ मा प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । विवादमा पर्नै नचाहने, कम बोल्ने, धेरै खट्ने र कानुनका ज्ञातासमेत भएकाले उनी राष्ट्रपतिका निकट सहयोगीसमेत थिए ।

आफूले नगरबासीसित चुनावको प्रचार त के हात मिलाउनसमेत नपाउँदा पनि जिताएकोमा भावुक बनेका उनले शुक्रबार प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए । शनीबार उनको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री पदबाट राजीनामा गरि नगरप्रमुख बनेर फिलिपले धेरैलाई आश्चर्यमा पारिदिएका छन् ।

अलजजिरा र बीबीसीका अनुसार उनी फ्रान्समा राष्ट्रपति माक्रोंभन्दा लोकप्रिय मानिन्छन् । उनी २०१७ मा प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई २०२२ मा हुने निर्वाचनमा राष्ट्रपति माक्रोंका प्रतिस्पर्धीका रुपमा पनि हेरिएको छ । फिलिपको राजीनमापछि राष्ट्रपतिले जाँ कासेकलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

प्रकाशित : असार २०, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?