कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भारतीय प्रधानमन्त्री मोदी लद्दाख पुगे

एजेन्सी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री शुक्रबार बिहान केन्द्रशासित प्रदेश लद्दाखको लेह पुगेका छन् । जुन १५ गते भारत–चीन सीमामा भएको झडपपछिको अवस्थाको समीक्षा गर्नका लागि मोदी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी लद्दाख पुगे

१५ जुनमा चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

मोदीको लेह भ्रमणबारे जानकारी दिँदै भारतको सरकारी सञ्चारमाध्यम प्रसार भारतीले ट्वीट गरेको छ, ‘प्रधानमन्त्री मोदी अहिले निमु पुग्नु भएको छ । उहाँ आज बिहान त्यहाँ पुग्नु भएको हो । प्रधानमन्त्रीले त्यहाँ भारतीय सेनाका जवान, एयर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग कुरा गरिरहनु भएको छ ।’

यसअघि रक्षामन्त्री राजनाथ सिंह लेह जाने तय भए पनि बिहीबार मात्रै उनको भ्रमण स्थगित गरिएको थियो । प्रधानमन्त्री मोदीसँग भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ् डिफेन्स बिपिन रावत पनि लेह गएका छन् । चीनसँग सीमा विवाद उत्कर्षमा पुगिरहेका बेला सीमामा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन मोदी लेह पुगेको बताइएको छ ।


प्रकाशित : असार १९, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?