२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भारतमा टिकटक र विच्याटसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध

रोयटर्स

काठमाडौँ — भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारत सरकारले एक सूचना जारी गर्दै यस्ता एपहरु भारतीय सार्वभौमसत्ता र सुरक्षाका लागि खतरा भएको जनाएको छ ।

भारतमा टिकटक र विच्याटसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपलाई प्रतिबन्ध गर्ने आदेश दिएको हो ।

भारतको यो निर्णय लद्दाखमा चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भीडन्तमा २० भारतीय सैनिक मारिएको केही दिनपछि आएको छ । मोबाइल फोन र मोबाइल एपको निकै ठूलो बजार मानिने भारतमा चिनियाँ फोन र एपहरुको प्रयोग निकै ठूलो मात्रामा हुने गरेको छ । भारतमा चिनियाँ सामान बहिष्कारको लहर बेलाबेला चल्ने गरेको छ । मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस चलिरहेको थियो । सोमबार प्रतिबन्ध लगाइएका सबै एप कुनै न कुनै रुपमा चीनसँग जोडिएका छन् ।

प्रकाशित : असार १५, २०७७ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?