कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बेलायतमा आतंकवादी आक्रमणमा तीन मारिए

लन्डन — बेलायतको रेडिङस्थित एक पार्कमा गरिएको चक्कु आक्रमणमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले उक्त घटना आतंकवादसँग सम्बन्धित रहेको जनाएको छ ।

बेलायतमा आतंकवादी आक्रमणमा तीन मारिए

थेम्स भ्याली प्रहरीले हत्यामा संलग्न आरोपी एक जनालाई गिरफ्तार गरिएको जनाएको छ । गिरफ्तार हुने व्यक्ति २५ वर्षीय लिबियन नागरिक रहेको स्काई न्युजले उल्लेख गरेको छ । पक्राउ परेका व्यक्तिले यसअघि पनि आपराधिक क्रियाकलापका कारण जेल सजाय भोगेका थिए । तर, त्यो आतंकवाद मुद्दा थिएन ।

मेट्रोपोलिटन पुलिस असिस्टेन्ट कमिसनर एवं प्रतिआतंकवाद प्रमुख नील बासुले घनालाई ‘अत्याचार’ भन्दै त्यसमा अरू व्यक्ति संलग्न नभएको जनाएका छन् । हालसम्म ४१ जना प्रत्यक्षदर्शी सम्पर्कमा आएको उनले बताए । मृत्यु भएका व्यक्तिको पहिचान गर्न प्रहरी लागिरहेको बेलायती अखबारले उल्लेख गरेका छन् ।

रेडिङ टाउन सेन्टर नजिक फरबरी गार्डेन पार्कमा छिरेर एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीन जना मारिएका छन् भने तीन घाइतेमध्ये दुई डिस्चार्ज भएर घर फर्किइसकेका छन् । गम्भीर घाइते एक जनाको रोयल बक्सायर अस्पतालमा उपचार जारी छ ।

थेम्स भ्याली पुलिस चिफ कन्सटेबल जोन क्याम्पबेलले घटना साँच्चिकै दु:खदायी र ‘दुर्लभ’ प्रकृतिको भएको बताएका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार आफ्नो कार्यालय टेन डाउनिङ स्ट्रिटमा मन्त्री, सुरक्षा अधिकारी र प्रहरी अधिकृतहरूसँग भेटी घट्नाको अनुसन्धानबारे जानकारी लिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री जोन्सनले घटनाको निन्दा गर्दै यसबाट पाठ सिकिने बताएका छन् ।

गृहमन्त्री प्रीति पटेलले पार्कमा रमाइरहेका मानिसहरूलाई आक्रमण गरिनु अर्थहीन भएको बताउँदै घटनाबाट आफू ‘अत्यन्तै चिन्तित’ भएको बताएकी छन् । घटना पार्कमै यसअघि भएको ‘ब्ल्याक लिभ्स म्याटर’ प्रदर्शनसँग भने सम्बन्धित नरहेको बताइएको छ ।

दर्जनौं सशस्त्र प्रहरीले शनिबार राति करिब ११ बजे रेडिङस्थित बेजिङस्टोक रोडका केही फ्ल्याटमा खानतलासीसमेत मारेका थिए । थेम्स भ्याली पुलिस फेडेरेसन अध्यक्ष क्रेग ओलेरीले घटनास्थल वरपर तत्काल गरिएको करिब डेढ घण्टा लामो कारबाहीले सम्भावित अन्य क्षति रोकेको प्रतिक्रिया दिएका छन् ।

घटनास्थल नेपाली समुदाय उल्लेख्य बसोबास गर्ने ठाउँ नजिक पर्छ । यसबाट नेपाली भने प्रभावित नभएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित : असार ७, २०७७ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?