कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लद्दाख घटनाप्रति संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त

दुवै पक्षलाई संयम रहन आग्रह

नयाँदिल्ली — भारतीय र चिनियाँ सेनाबीच सोमबार लद्दाख क्षेत्रमा भएको हिंसात्मक झडपप्रति संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेका छन् । मंगलबार बिहान संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट सहप्रवक्ता एरी कानेकोद्वारा जारी विज्ञप्तिमा सोमबारको घटनाप्रति चिन्ता व्यक्त गर्दे भारत र चीन दुवैलाई अधिकतम संयम अपनाउन आग्रह गरिएको छ ।

लद्दाख घटनाप्रति संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त

‘लाइन अफ कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति हामी चिन्तित छौं र भारत तथा चीनलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौं,’ सहप्रवक्ता कानेकोद्वारा विज्ञप्तिमा भनिएको छ । साथै दुई देशबीच तनावलाई कम गर्न प्रयास सुरु हुनुलाई सकारात्मक रुपमा लिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार साँझ हिंसात्मक झडपको रुप लिएको हो । पूर्व लद्दाखको गलवन उपत्यकामा भएको झडपमा परी एक अधिकृतसहित बीस भारतीय सैनिकको मृत्यु भएको छ । चिनियाँ पक्षतर्फ भएको हताहतको अझै विवरण अझै आएको छैन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गरेको छ । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् ।

कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सिमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको हो । करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकीबीच विगत डेढ महिनादेखि तनाव कायम थियो । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो मानिएको छ । र, यो घटनाले दुई देशबीच युद्ध हुन सक्ने भय पनि सिर्जना गरेको छ ।

सम्बन्धित समाचार

लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु

प्रकाशित : असार ३, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?